बैंक तथा वित्तीय संस्थाको शाखा ६८१९ वटा, ८७ स्थानीयतह भने बैंक शाखारहित

काठमाडाैं : र्इजाजतप्राप्त १५१ वटा बैंक तथा वित्तीय संस्थाले ६ हजार ८ सय १९ वटा शाखा सञ्चालनमा ल्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

८ बाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६६ वटा लघुवित्त कम्पनीहरूले भदाै मसान्तसम्ममा यति शाखा विस्तार गरेका हुन् । असार मसान्तसम्ममा ६ हजार ६ सय ५१ वटा मात्रै शाखा रहेकोमा भदाै मसान्तसम्म १६८ वटा थप शाखा विस्तार भएको हो ।

१ नम्बर प्रदेशमा ११८, सबैभन्दा बढी २ नम्बर प्रदेशमा १३०,३ नम्बर प्रदेशमा १०८, ४ नम्बर प्रदेशमा ८०, ५ नम्बर प्रदेशमा १०६, ६ नम्बर प्रदेशमा ५९ र ७ नम्बर प्रदेशका ६५ वटा स्थानीयतहमा बाणिज्य बैंकहरूको शाखा विस्तार भएको छ ।

८७ वटा स्थानीयतहमा भने बाणिज्य बैंकहरूले अझैसम्म शाखा विस्तार गर्न सकेका छैनन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?