स्थानीयले किनेको माथिल्लो तामाकोशीको शेयर अाज बाँडफाँट हुँदै

काठमाडाैं : दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविधुत अायोजनाले स्थानीयबासीलार्इ बचेको शेयर अाज (बुधबार) बाँडफाँट गर्दैछ ।

यो अायोजनाले गत साउन १६ देखि भदाै २१ गतेसम्मको म्याद राखी दोलखाका अायोजना प्रभावित एवं स्थानीयका लागि १ करोड ५ लाख ९० हजार कित्ता साधारण शेयर (अार्इपीअो) खुला गरेको थियो । स्थानीयले भने ३ करोड कित्ता शेयरका लागि अावेदन दिएका छन् । 

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार तामाकोशीको शेयरमा स्थानीयबासीले दिएको खरिद अावेदन अाज दिउँसो काठमाडाैंस्थित बबरमहलको क्रिष्टल ब्यांकेटमा खोलिनेछ । दिउँसो तीन बजे अार्इपीअो बाँडफाँट गर्ने कार्यक्रम तय भएको कोषका शेयर बाँडफाँट प्रमुख रोशनजंग कार्कीले जानकारी दिए ।

तामाकोशीको शेयर प्राप्त गर्ने नागरिकले ३ बर्षसम्म बेच्न नपाउने कम्पनीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?