अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका मध्ये मञ्जुश्रीको नाफा सबैभन्दा उच्च

लोकपथ
65
Shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा झण्डै आधा दर्जन फाईनान्स कम्पनीहरुको खुद मुनाफा घटेको छ । सञ्चालमा रहेका १७ वटा मध्ये यही कात्र्तिक १३ गते अर्थात आज आइतवारसम्ममा नौ वटा फाईनान्स कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा आधा दर्जनको खुद मुनाफा घटेको देखिएको हो ।

जसअनुसार प्रोग्रेसिभ फाईनान्स, सेञ्ट्रल फाईनान्स, बेष्ट फाईनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । यस अवधिमा मञ्जुश्री फाईनान्स, गोर्खाज फाईनान्स, नेपाल फाईनान्स र पोखरा फाईनान्सको खुद मुनाफा भने बढेको छ ।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका नौ वटा मध्ये मञ्जुश्री फाईनान्सको खुद मुनाफा भने सबैभन्दा उच्च देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ८६ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा कमाएको मञ्जुश्रीले पछिल्लो अवधिमा खुद मुनाफा बढाएर सात करोड ११ लाख ३७ हजार रुपैयाँ पुर्‍याएको छ । गोर्खाजले भने पछिल्लो अवधिमा तीन करोड ३३ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा गोर्खाजको यस्तो नाफा एक करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको थियो । प्रोग्रेसिभ, सेन्ट्रल, नेपाल र बेष्ट फाईनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको खुद मुनाफा क्रमशः दुई करोड २९ लाख ३१ हजार, ९३ लाख ६६ हजार, ८१ लाख ७९ हजार र ५९ लाख ३३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने यि फाईनान्सहरुको यस्तो नाफा क्रमशः तीन करोड ३६ लाख ७४ हजार, एक करोड ३६ लाख ४८ हजार, ३५ लाख २५ हजार र १२ करोड ११ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

पोखरा, श्री इन्भेष्टमेन्ट र गुहेश्वरी मर्चेन्टले भने चालु आवको पछिल्लो त्रैमासमा क्रमशः ४६ लाख ९० हजार, ४१ लाख दुई हजार र २२ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने यि फाईनान्सहरुको यस्तो नाफा क्रमशः १२ लाख ९७ हजार ३९ करोड ९७ लाख २० हजार र एक करोड ५७ लाख ४६ हजार रुपैयाँ रहेको थियो । गुडविल फाईनान्स, रिलायन्स फाईनान्स, मल्टीपर्पस फाईनान्स, जानकी फाईनान्स, समृद्धि फाईनान्स, आईसीएफसी फाईनान्सको भने हालसम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छैन ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाईनान्स कम्पनीहरुले कमाएको नाफा (रकम  हजारमा) :-

(श्रोत सम्वन्धीत फाईनान्सको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?