कात्तिक । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) यतिबेला आफ्नो गृहजिल्लामा छन । लामो समयदेखी रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता ऐतिहासिक रुपमा सम्पन्न गराए लगत्तै उनि गृहजिल्ला बाँके पुगेका उनि आसन्न निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा पदका उम्मेदवारसमेत रहेका मन्त्री अथक यतिबेला चुनावी मैदानमा होमिएका छन ।
२०७४ सालमा बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा साँसदका रुपमा निर्वाचित भएका मन्त्री अथक पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका हुन । भौगोलिक र जनसंख्याको हिसाबले जिल्लाकै सबैभन्दा ठुलो निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्दै आएका अथक दोस्रो पटक साँसदका रुपमा दोहोरीने तयारीमा छन ।
कोहलपुर नगरपालिका वडा नम्बर ५ स्थित भाडाको घरमा बस्दै आएका उनी प्राय स्थानियको घरआँगनमा भेटिन्छन । सामान्य रुपमा चुनावी गतिविधि गरीरहेका अथकले चुनाबी सभालाई भन्दाबढि ब्यक्तिगत भेटघाटलाई महत्व दिँदैै आएको देखिन्छ । पाँच दलिय गठबन्धनबाट साझा उम्मेदवार बनेका अथकलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेकै कारण उनी बाँकेकै बलियो उम्मेदवारका रुपमा अगाडि देखिएका छन ।
तीन वटा पालिका (कोहलपुर, राप्तीसोनारी र नरैनापुर) मिलेर बनेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख २१ हजार १ सय मतदाता रहेका छन । उक्त निर्वाचन क्षेत्र भौगोलिक दृष्टिकोणले देशकै ठुलो निर्वाचन क्षेत्र मध्येको एक हो ।
घरदैलोमा ब्यस्त मन्त्री अथक
बाँकेको क्षेत्र नम्बर १ अन्तरगत रहेको प्रतिनिधी सभा र प्रदेश सभामा पाँच दलिय गठबन्धनले चुनावी अभियानलाई शसक्त पारेको छ । मन्त्री अथक सहितका उम्मेदवारहरुले भेटघाटलाई तिब्रता दिएका छन् । अघिल्लो पाँच वर्षे कार्यकालमा उक्त निर्वाचन क्षेत्रमा भए गरेका विकासका काम र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा मतदाताहरुसँग छलफल गर्ने क्रममा मन्त्री अथकले विकास नै आफ्नो सबैभन्दा ठुलो एजेण्डा रहेको बताउने गरेका छन ।
आफ्नो पाँच वर्षे कार्यकालमा क्षेत्र नम्बर १ को विकास गर्दा पक्षपात नगरेर काम गरेको अथकको भनाइ छ । “क्षेत्र नम्बर १ का बिद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभूत आवश्यकता सडक, बिजुली, सिचाइँ, खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन” उनले भने ।
बाँके जिल्लाको पिछडिएको क्षेत्रका रूपमा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर १ मा देखिने खालका काम भएको मन्त्री अथकको जोड छ । चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको ईमान्दारिता सबैभन्दा ठुलो कुरा भएकाले राष्ट्रियता र संविधानको रक्षाकालागि पाँच दलिय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै आएका छन ।
बाँके क्षेत्र १ मा मन्त्री अथकसँगै प्रदेश सभा (क) मा कृष्णा केसी (नमुना) र प्रदेश सभा (ख) मा फुलाराम थारु पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेका छन ।
“बघौडाको विकासदेखि आधुनिक कोहलपुरको परिकल्पनासम्म”
बाँके निर्वाचन क्षेत्र नम्बर १ मा विगत देखि वर्तमानसम्म विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले प्रतिनिधी सभामा प्रतिनिधित्व गर्दै आएका छन । जसमध्ये २०४८ मा नेपाली कांग्रेसबाट सैयद मैराज अहमद शाह, २०५१ र २०५४ सालमा २ पटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी र २०५६ सालमा नेपाली कांग्रेसबाट ज्ञानु केसी निर्वाचन भएका छन् ।
यस्तै २०६४ नेकपा (माओवादी) बाट तिलक परियार, २०७० नेकपा एमालेबाट देवराज भार निर्वाचित भइसकेका छन् । तर पनि खास गरि हालको नरैनापुर र राप्ती सोनारी भने सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिदैँ आएको थियो । २०७४ भन्दाअघिसम्म सो क्षेत्रमा सडक, विद्युतिकरण, गुणस्तरीय खानेपानी, टेलिफोन जस्ता आधारभूत सेवाबाट ती क्षेत्रका नागरिक बञ्चित थिए । बर्षेनी राप्ती नदिको डुवान र कटान समस्या विकराल थियो ।
तमाम समस्याका बीचमा जनताको विकासको आम चासो रहेको बेला २०७४ मा नेकपा माओवादी केन्द्रबाट महेश्वर गहतराज (अथक) प्रतिनिधी सभा साँसदमा निर्वाचित भए । यस क्षेत्रको साँसद हुँदै बहालवाला मन्त्रीसमेत रहेका अथक निर्वाचित भएपछि यो क्षेत्रको विकासले कोल्टे फेरेको छ ।
उनी निर्वाचित हुनुभन्दा पहिला नेपालगन्जदेखि ४५ किलो मिटरको यात्रा ५ देखि ६ घण्टा लगाएर गनुपर्ने अवस्था थियो । अहिले उक्त क्षेत्रमा कालोपत्रे भएसँगै ४५ मिनेटमै पुग्न सकिन्छ । २०५४ सालमा पोल गाडेर पनि विद्धुतिकरणको काम अलपत्र परेको थिए । अहिले त्यहाँका गाउँगाउँमा विद्युत पुर्याइएको छ ।
वन क्षेत्र र ठेकेदार कम्पनीको लापरवाहीले रोकिएको काम संघीय सांसद अथक र नमुनाको पहलमा अवरोध हटाई अहिले राप्तीसोनारी र नरैनापुरका सम्पुर्ण टोलमा बिजुली पुगेको छ । संघीय सांसद अथकको ५ बर्षे कार्यकाल उपलब्धिपुर्ण रह्यो । विकास र समृद्धिको यात्रा अघि अगाडि बढेपछि त्यस क्षेत्रका जनता निकै खुसी भएको नरैनापुर ६ का मोलेह यादवले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया