सिद्धार्थ बैंकले २ अर्ब २५ करोड रूपैयाँको ऋणपत्र ल्याउँदै, १०.५% ब्याजदर दिने

काठमाडौं : सिद्धार्थ बैंकले १०.५% व्याजदर दिनेगरी २ अर्ब २५ करोड रूपैयाँ बराबरको ऋणपत्र (डिबेञ्चर) बेच्ने भएको छ ।

सिद्धार्थको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले बार्षिक रूपमा १०.५% ब्याजदर पाउनेछन् । अहिले बैंकहरूमा रकम बचत गर्दा यस्तो बचत खातामा ५ देखि ७% सम्म मात्र ब्याजदर पाउने अवस्था छ।

२२ लाख ५० हजार कित्ता डिबेञ्चरको मूल्य प्रतिर्इकार्इ १ हजार रूपैयाँ तोकिने बैंकले जानकारी दिएको छ । डिबेञ्चर निष्काशनका लागि बैंकले पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। 

ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललार्इ चयन गरेको बैंकले कूल ऋणपत्रको २०% (४५ करोड रूपैयाँ बराबरको कित्ता) सर्वसाधारणका लागि र ८०% अर्थात १ अर्ब ८० करोड रूपैयाँको ऋणपत्र व्यक्तिगत तबरबाट बेच्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?