मस्कले दिए ट्वीटरका कर्मचारीहरुलाई निकाल्ने आदेश, नीतिहरू पनि परिवर्तन हुने

लोकपथ
98
Shares

काठमाडौं । एलन मस्कले अहिले ट्विटरको पूर्ण स्वामित्व लिएका छन् । उनले ट्विटरलाई ४४ बिलियन अमेरिकी डलरमा खरिद गरेका हुन् । यसै क्रममा एलन मस्कले ट्वीटरका कर्मचारीहरुलाई निकाल्ने आदेश पनि दिएको खबर पनि बाहिर आएको छ ।

उनले यस प्रक्रियामा कम्पनीबाट निकालिने कर्मचारीको सूची तयार गर्न व्यवस्थापनलाई आग्रह गरेका छन् । यससँगै उनले माइक्रो ब्लगिङ प्लेटफर्म ट्विटरको नीतिमा पनि परिवर्तन गर्न आग्रह गरेका छन् ।

ट्विटरका सीईओ पराग अग्रवाल र वित्त प्रमुख नेड सेगलले कम्पनीको सान फ्रान्सिस्को मुख्यालय छोडेका छन्। मस्कले ट्वीटरका लागि कन्टेन्ट मोडरेसन काउन्सिल गठन गर्ने घोषणा गरेका छन्।

ट्विटरमा दैनिक २३८ मिलियन प्रयोगकर्ता 

ट्विटरका अनुसार यसका दैनिक २३८ मिलियन प्रयोगकर्ताहरू छन् । धेरै कम्पनी, राजनीतिज्ञ, ट्विटर पत्रकार र अन्य सार्वजनिक व्यक्तित्वहरूको लागि मनपर्ने प्लेटफर्म हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?