लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

लोकपथ
78
Shares

काठमाडौं । स्टार स्ट्राइकर रोवर्टाे लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ । स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति बार्सिलोनाले इन्जुरी समयमा गरेको गोलमा महत्वपूर्ण तीन अंक हासिल गरेको हो ।

जितपछि बार्सिलोना १२ खेलबाट ३१ अंक जोड्दै शीर्षस्थानमा फर्किएको छ । समान अंकको रियल मड्रिड दोस्रो स्थानमा छ । रियलले एक खेल कम खेलेको छ । भ्यालेन्सिया १५ अंक जोडेर १० औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?