पूर्वी बग्दादमा विस्फोट, १० जनाको मृत्यु

लोकपथ
78
Shares

काडमाडौं । पूर्वी बगदादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् । सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो ।

त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो । मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?