‘ज्वाला’ को चर्चित गीत ‘ब्रेकअप’ मा (भिडियो)

काठमाडौं । चलचित्र ‘ब्रेकअप’ टिमले तिहारको अवसर पारेर गीत सार्वजनिक गरेको छ । निर्माण टिमले युट्युबमार्फत ‘तिमी हामी भेट भाको दिन’ बोलको गीत सार्वजनिक गरेको हो ।

चलचित्र ‘ज्वाला’ फिल्ममा समावेश उदित नारायण झा र आशा भोस्लेको स्वरमा रहेको उक्त गीतको रिमेक सार्वजनिक गरिएको हो ।

रिमेक गीतमा विराज गौतम र मेलिना राईको स्वर छ । यस्तै गीतलाई शिला बहादुर मोक्तानले कम्पोज गरेका छन् भने बुद्धवीर लामाले शब्द लेखेका हुन् । गीतमा ब्रिजेश श्रेष्ठको संयोजन रहेको छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोमा आशिरमान देशराज जोशी, सरोज खनाल, शिल्पा मास्के, रेमनदास श्रेष्ठ लगायतलाई देख्न सकिन्छ ।

चलचित्रको स्किृप्ट तथा निर्देशन हेमराज बिसीले गरेका हुन् भने नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । सुरेन्द्र पौडेलको सम्पादन रहेको चलचित्रमा रुपक थापा, दीपक खतिवडा, रेनु राना र हेमराज बिसीको लगानी छ ।

चलचित्र यही २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?