मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

लोकपथ
52
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ ।

आज तीन वटा प्रदेशका पहाडी भूभागका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आकलन गरिएको छ । सोमबार पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मुलुकमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?