२१ माघ २०७९, शनिवार

अधुरा विकासका कामलाई पूरा गर्छाैँ : वरिष्ठ नेता पौडेल

२०७९,कार्तिक,१२,शनिवार २३:५७

36
Shares

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले अधुरा विकासका कामलाई निरन्तरता दिन उम्मेदवारी दिएको बताएका छन् । तनहुँको देवघाट गाउँपालिकास्थित वैदी, कोटाका मतदातासँग आज आयोजित भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले विगतमा कांग्रेसले सुरु गरेका विकासका योजना अलपत्र परेकाले त्यसको निरन्तरताका लागि आफू उम्मेदवार बनेको बताए ।

‘गत निर्वाचनमा नेकपा (एमाले) ले चुनाव जितेपछि जिल्लाको विकास निर्माण अवरुद्ध भयो, कांग्रेसको नेतृत्वमा सुरु भएका योजनाले गति लिन सकेन’, पौडेलले भने, ‘विकास योजनालाई निरन्तरता दिनु मेरो मुख्य उद्देश्य हो ।’ गत निर्वाचनमा जनतामा भ्रम फैलिएका कारण आफूले चुनाव हारेको भन्दै पौडेलले यसपटक जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।

‘अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि तनहुँमा दुई अर्ब रुपैयाँभन्दा बढी बजेट आएको छ, कांग्रेसको नेतृत्वमा विकास सम्भव छ’, पौडेलले भने । मंसिर ४ गते हुने निर्वाचनका लागि पौडेलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । तिहार अगाडि एक चरणको घरदैलो सकेका पौडेलले शुक्रबार मात्रै पुनः गृह जिल्ला आएर घरदैलोलाई निरन्तरता दिएका छन् । पौडेलले शुक्रबार व्यास नगरपालिका–३ शान्तिनगरमा घरदैलो गरेका थिए ।

प्रकाशित मिति: २०७९,कार्तिक,१२,शनिवार २३:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

भैरहवा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् । भैरहवामा

ताजा समाचार