सहज जित निकाल्दै बायर्न शीर्ष स्थानमा उक्लियो

लोकपथ
126
Shares

काठमाडौं । बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बायर्नले मैन्जलाई ६–२ गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

बायर्नको जितमा सेर्जी जिनाब्री, जमल मुसिआला,साडियो माने, लियोन गोर्टेज्का,माथिस टेल र एरिक म्याक्सिम मोटिङले एक एक गोल गरे । मैन्जका सिल्भान विड्मेर र मार्कुस इन्ग्भार्टसेनले एक एक गोल फर्काए । पहिलो हाफमा तीन गोल गरेको बायर्नले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

जितसँगै बायर्न शीर्ष स्थानमा उक्लिएको छ । बायर्नले १५ खेलमा २५ अंक जोडेको छ । पराजित मैन्ज १८ अंक जोडेर आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?