प्रिमियर लिग : ब्राइटनसँग चेल्सी ४–१ ले पराजित

लोकपथ
77
Shares

काठमाडौं । दुई आत्मघाती गोल हुँदा प्रिमियर लिग फुटबलमा ब्राइटनसँग चेल्सीले हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा ब्राइटनले चेल्सीलाई ४–१ गोल अन्तरले हराएको हो । ब्राइटनले खेलको पाँचौ मिनेटमा नै लिन्द्रो ट्रोसार्डको गोलबाट अग्रता बनाएको थियो ।

चेल्सीका रुबेन लोफ्ट्स चिकले खेलको १४ औं मिनेटमा आत्मघाती गोल गर्दा ब्राइटनले अग्रता दोब्बर बनायो । खेलको ४२ औं मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गर्दा ब्राइटनले ३–० गोलको अग्रता बनायो । चेल्सीका लागि खेलको ४८ औं मिनेटमा काइ हार्भट्जले गोल टिमलाई ३–१ को अवस्थामा ल्याए ।

खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गर्दै ब्राइटनलाई ४–१ को जित दिलाए । जितसँगै ब्राइटनले १२ खेलबाट १८ अंक जोडेर सातौं स्थानमा छ । पराजित चेल्सी १२ खेलबाट २१ अंक जोडेर तालिकाको पाँचौं स्थानमा छ । शनिबार नै भएको अर्को खेलमा क्रिस्टल प्यालेस साउथह्याप्टनसँग पराजित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?