कांग्रेसद्धारा केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन

लोकपथ
130
Shares

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनयन गरेको छ । कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर आज थप आठ सदस्य मनोनित गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) बमोजिम केन्द्रीय सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समिति’ मा थप आठ सदस्य मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?