ईश्वर पोखरेलले भेटे नागरिक समाजका अगुवा

लोकपथ
143
Shares

कात्तिक । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी भेटघाटमा रहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नागरिक अगुवाहरुसँग भेटघाट गरेका छन् ।

शनिबार काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका पोखरेलले सामाजिक अगुवा डा. मथुराप्रसाद श्रेष्ठसँग भेटघाट गरेका हुन् ।

मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुगेका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै नागरिक समाजका अगुवा श्रेष्ठले आफूले साथ दिने बताएका थिए ।

श्रेष्ठले आगामी निर्वाचनका लागि शुभकामना समेत व्यक्त गरेका थिए ।

प्रदेश सभाका उम्मेदवार दीपक निरौलासहित डाक्टर श्रेष्ठ निवास पुगेका काठमाडौं–५ का उम्मेदवार पोखरेलले एमालेप्रति दर्शाएको सद्भावप्रति धन्यवाद व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?