कैलालीको चौमालामा आगलागी, चार पसल जलेर नष्ट

लोकपथ
0
Shares

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–१ स्थित चौमाला बजारमा आगलागी भएको छ । शनिबार साँझ चौमाला चोकमा रहेको हिमाल मोबाइल ग्यालरीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मोबाइल पसलबाट सुरु भएको आगलागी फैलिएर ४ ओटा पसल जलेर नष्ट भइसकेको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ । गौरीगंगा नगरपालिकासँग दमकल नहुँदा गोदावरी नगरपालिकाबाट दमकल मगाइएको र अहिलेसम्म नपुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी र म्यादी प्रहरीसमेतको टोलीले स्थानीयको सहयोगमा आगो निभाउने कार्य गरिरहेको बताइएको छ । विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?