हेर्नुहोस् आजको लोकपथ टप फिप्टिन हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
65
Shares

१. नेपाली कांग्रेसले गर्यो आफ्नो चुनावी घोषणापत्र सार्वजनिक, स्वार्थको द्वन्द्व सम्बन्धी एकीकृत कानून तर्जुमा गर्ने देखि ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकको उपचार निःशुल्क उपचारको व्यवस्थासम्म ।

२. कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा बम विष्फोट, विष्फोटमा परी २ जनाको मृत्यु, चार जना घाइते, घाइतेहरुलाई हेलिकोप्टरबाट उपचारका लागि सुर्खेत ल्याइयो ।

३. भारतले सडक विस्तार गर्ने क्रममा विस्फोट गराउँदा दार्चुलाका बालक पवन महरा मृत्यु भएपछि सरकारलाई एमाले अध्यक्ष ओलीको कटाक्ष, प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ? भन्दै गरे प्रश्न ।

४. भारतसँग मल खरिद गर्न ‘जिटुजी’ प्रक्रिया अगाडि बढाइएको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, दीर्घकालीन रुपमै मलको अभाव हुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापनागर्ने योजना समेत अगाडि बढाएको जिकिर ।

५. नागरिकले अभिव्यक्ति दिन पाउने अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम भएको संविधानविद् डा. भीमार्जुन आचार्यको दाबी, जनताले ‘नो नट अगेन’ अभियान चल्नु राजनीतिक चेतना र नागरिक अधिकारको उत्कृष्ट अभिव्यक्ति भएको जिकिर ।

६. निर्वाचन सफल बनाउन सञ्चारमाध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरको भनाइ, निर्वाचन आचारसंहिता पालन सबैले गर्नुपर्ने र उल्लङ्घन भएका सही सूचना दिन आग्रह ।

७. महोत्तरीमा यही कात्तिक १० गते कलस यात्राका क्रममा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयद्वारा समिति गठन, समितिलाई सात दिनभित्रमा प्रतिवेदन पेस गर्न निर्देशन ।

८. आज अक्टोबर २९ अर्थात् विश्व पक्षघात दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँयो, विश्वमा बर्सेनि एक करोड ३० लाख मानिस पक्षघातको सिकार हुने गरेको तथ्यांक

९. काठमाडौं महानगरपालिकाले यस वर्ष छठ पर्व मनाउन रानीपोखरी उपलब्ध नगराउने, रानीपोखरी उपलब्ध गराउन महापर्व छठ समारोह समितिद्वारा महानगरपालिकालाई पुनह आग्रह ।

१०. प्रतिनिधिसभाका १ सय ६५ वटै निर्वाचन क्षेत्र भागबन्डा गरे पनि दुवै पक्षको उम्मेदवारी परेपछि प्रतिनिधिसभाका तीन क्षेत्रमा गठबन्धनबीचमै प्रतिस्पर्धा हुने, केन्द्रबाट भएको भागबन्डाविपरीत उम्मेदवारी परेपछि प्रदेशसभाका ११ क्षेत्रमा पनि प्रतिस्पर्धा ।

११. वीरगञ्जमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय एक युवक पक्राउ, घटनाका बारे थप अनुसन्धान हुँदै ।

१२. भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु, ६० जनाभन्दा बढी बेपत्ता, हालसम्म सात हजारभन्दा बढी बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरियो ।

१३. अमेरिकी सभामुखका श्रीमानमाथि आफ्नै घरमा आक्रमण, अस्पताल भर्ना , आक्रमणकारीलाई हिरासतमा लिएर आक्रमणबारे अनुसन्धान हुँदै ।

१४. पीएम कप पुरुष क्रिकेट प्रतियोगिता भोलि आइतबारबाट टियु र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदै, प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै ।

१५. र, अष्ट्रेलियामा जारी टी–२० विश्वकप अन्तर्गत सुपर १२ को खेलमा न्यूजल्याण्डद्वारा श्रीलंका ६५ रनले पराजित, आफ्नो कमजोर ब्याटिङका कारण श्रीलंकाले न्यूजल्याण्डले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?