धनुषा । निर्वाचन आयोगले धनुषा क्षेत्र नं ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार रहेकी जुलीकुमारी महतोलाई स्पष्टीकरण सोधेको छ ।
तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको पाइएपछि आयोगले स्पष्टीकरण सोधेको हो । उनलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय धनुषामा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया