कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएका छन् : मन्त्री पौडेल

लोकपथ
65
Shares

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल कांग्रेस र नेकपा माओवादी केन्द्र देशलाई अप्ठ्यारो पर्दा मिल्दै आएको बताएका छन् । शनिबार बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटी र नरेठाँटीमा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादी देशलाई अप्ठ्यारो पर्दा मिलेर अघि बढेको बताए ।

‘कांग्रेस र माओवादीबीच मुल मुद्धा मिलेका छन्, केपी ओलीले दुई–दुई पटक संसद विघटन गर्दा संविधान जोगाउन कांग्रेस माओवादीसहित सरकार गठन भइ संविधानको रक्षा भयो,’ उनले भने । उनले राजतन्त्र फालेर गणतन्त्र ल्याउने कुरा सामान्य नभएको बताए । अब बन्ने गठबन्धनको सरकारले संविधानको मुल मर्मअनुसार अघि बढ्ने विश्वास व्यक्त गरे ।

‘अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ’, उनले भने, ‘राजनीतिक स्थायीत्वको लागि गठबन्धनको सरकार बन्छ ।’ उनले बाचुन्जेल बागलृङको विकासका लागि लागि परिरहने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?