भेरी नदीमा डुबेर दुई जना बेपत्ता

लोकपथ
26
Shares
Helping adult hand reaching child hand drowning in water concept for water rescue safety

सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् । शनिवार दिउँसो २ बजे बनभोज खान गएका दुई जना भेरीगंगा नगरपालिका–२ सत्तरीमा पर्ने भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दैलेखको भगवतीमाई गाउँपालिका ४ घर भइ हाल वीरेन्द्रनगर नगरपालिका–३ बस्ने १९ वर्षीय छवि बुढा र वीरेन्द्रनगर ३ का १९ वर्षीय दिपक थापा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए । बेपत्ता भएकाहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?