शान्ति, सुशासन र स्थिरता आजको आवश्यकता : गृहमन्त्री खाण

लोकपथ
52
Shares

भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले मुलुकको समग्र विकास र समृद्धिका लागि शान्ति, सुशासन र स्थिरता जरुरी रहेको बताएका छन् । नेपाल पूर्वप्रहरी सङ्गठन जिल्ला समिति रुपन्देहीले आज भैरहवामा आयोजना गरेको छलफलमा उनले भने, ‘मुलुकमा तीव्र विकास जरुरी छ ।

जनभावनाअनुसार काम गर्दै मुलुकलाई सही दिशामा अगाडि बढाउन पाँचदलीय गठबन्धन गरिएको हो ।’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका गृहमन्त्री खाणले वर्तमान सरकार र गठबन्धनले मुलुकको हितका लागि मात्र काम गरेको र आउँदा दिनमा पनि गर्ने बताए ।

उनले पूर्वप्रहरीलाई अवकाशपछि पनि गतिशील बनाए राष्ट्र सक्रिय रहने र स्वयं व्यक्तिसमेत लाभान्वित हुने बताए । ‘सेवामा रहँदा होस् वा अवकाशपछि होस्, उहाँहरूको भूमिका हरेक ठाउँमा अहम् हुने गर्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?