बैंक तथा वित्तीय संस्थाले धितोमा दिइने कर्जा ३८ करोड रुपैयाँले घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितोमा दिइने कर्जा ३८ करोड रुपैयाँले घटाएको छ ।

वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सेयर कर्जा ३८ करोड रुपैयाँले घटाएको देखिएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार दुई महिनाको अवधीमा वित्तीय संस्थाले सेयर धितोमा दिइने नाफा प्रकृतिको कर्जा ३८ करोडले घटाएका हो । 

राष्ट्र बैंकले भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले ४० अर्ब ६९ करोड रुपैयाँ नाफा प्रकृतिको कर्जा दिएका छन् । असार मसान्तसम्ममा कर्जा ४१ अर्ब ८ करोड रुपैयाँ थियो । दुई महिनाको अवधीमा नाफा प्रकृतिको कर्जा ३८ करोड ७५ लाखले घटेको हो ।

साथै भदौ मसान्तसम्ममा वित्तीय संस्थाले सेयर धितोमा दिने ५० लाख देखि १ करोडसम्मको कर्जा १७ करोड ६९ लाख रुपैयाँले घटेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?