सिराहामा नवजात शिशुको शव फेला

लोकपथ
35
Shares

सिराहा । सिरहामा खोलामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका–८ स्थितको मैनावती खोलामा महिना पुगिसकेको जस्तो देखिने शिशु (छोरा) को शव शनिवार बिहान फेला परेको हो ।

छठपर्वको लागि मैनाबती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रकृया पुरा गरी पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पाठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानाएको छ ।

अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?