म्युचअल फण्ड : बजार घट्दा अधिकांश घाटामा

काठमाडौं । धितोपत्र बजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड ‘सामूहिक कोष’को अवस्था पनि खराब देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका १३ वटा त्यस्ता फण्डमध्ये तीन वटाको मात्रै अवस्था राम्रो रहेको छ भने बाँकी रहेका १० को भने अवस्था आधारभूत मूल्यभन्दा तल रहेको पाइएको छ । 

शेयर बजारमा धेरैभन्दा धेरैको प्रवेश होओस् र सामूहिक लगानीका लागि सहज होस् भनेर स्थापित म्युचुअल फण्ड कार्यान्वयनमा ल्याइएको हो । स्टकका अनुसार सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको प्रतिइकाइ मूल्य ११ रहेको छ । 

त्यस्तै एनएमबी सुलभ इन्भेसटमेन्ट फण्ड एकको प्रतिएकाइ मूल्य ११ रुपैयाँ २५ पैसा रहेको छ । 

त्यस्तै लक्ष्मी भ्यालु फण्डको प्रतिएकाइ मूल्य १० रुपैया २५ पैसा रहेको छ । त्यसबाहेक अरु सबै सामूहिक लगानी कोषको अवस्था आधारभूत मूल्यभन्दा तल रहेको छ । त्यस्ता कोषको प्रतिएकाइ मूल्य रु १० रहने गरेको छ तर शेयर बजार निरन्तर ओरालो लाग्दा त्यस्तो कोषमा समेत प्रभाव परेको छ । 

सिटिजन म्युचअल फण्ड एकको प्रतिएकाइ मूल्य नौ रुपैयाँ ५२ पैसा रहेको छ । बजार घटेपछि सो फण्डको अवस्था समेत खराब रहेको छ । सो कोषको बजार पूँजीकरण ७८ करोड ६४ लाख रहेको छ । 

स्टकका अनुसार ग्लोबल आइएमइ समुन्नत स्कीम एक पनि आधारभूत मूल्यभन्दा तल रहेको छ ।  ९० करोड ६० लाख बजार पूँजीकरण रहेको सो म्युचअल फण्डको बजार मूल्य प्रतिएकाइ नौ रुपैयाँ ६ पैसा रहेको छ । 

बजार घट्दै जाँदा लक्ष्मी इक्विटी फण्डको अवस्था पनि अरुको भन्दा फरक छैन । सो योजनाको बजार मूल्य प्रतिएकाइ आठ रुपैयाँ ५६ पैसा रहेको छ । एक अर्ब ७० करोड बराबरको बजार पूँजीकरण रहेको सो कोष केही समय पहिले आर्कषक मानिन्थ्यो । 

त्यस्तै लक्ष्मी बैंककै अर्को योजनाको रुपमा रहेको लक्ष्मी भ्याल्यू फण्ड भने नाफामा रहेको छ । प्रतिएकाइ १० रुपैयाँ १५ पैसा रहेको सो कोषको बजार पूँजीकरण पाँच अर्ब ७५ करोड रहेको छ । 

बजार पूँजीकरणमा दोस्रो स्थानमा रहेको नबिल बैंकको नबिल इक्विटी फण्डको अवस्था भने खराब रहेको छ । प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६४ पैसा रहेको सो कोषको बजार पूँजीकरण  एक अर्ब ८० करोड रहेको छ । 

सोही बैंकको अर्को योजनाको रुपमा रहेको नबिल प्रगति फण्डसमेत आधारभूत मूल्यभन्दा तल रहेको छ । सो कोषको प्रतिएकाइ मूल्य आठ रुपैयाँ ६८ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण  ६५ करोड १० लाख रहेको छ ।

त्यस्तै नबिल बैंकको नबिल समृद्धि फण्ड एक पनि आधारभूत मूल्यभन्दा कम रहेको छ । बजार पूँजीकरण  ७२ करोड रहेको सो एकाइको बजार मूल्य नौ रुपैयाँ ६० पैसा रहेको छ । 

एनआइसी एशिया बैंकको प्रवद्र्धनमा रहेको एनआइसी एशिया ग्रोथ फण्डको प्रतिएकाइ मूल्य नौ रुपैयाँ २६ पैसा रहेको छ । सो योजनाको बजार पूँजीकरण  ७७ करोड ३३ लाख ९५ हजार २ सय  रहेको छ । 

एनएमबी बैंकको प्रवद्र्धनमा रहेको एनएमबी हाइब्रिड फण्ड पनि शेयर बजार घटेसँगै आरोलो लागेको छ । प्रतिएकाइ मूल्य नौ रुपैयाँ ४२ रहेको सो योजनाको बजार पूँजीकरण  नौ अर्ब ४२ करोड रहेको छ । लगानीकर्ताको मुख्य आर्कषणको रुपमा रहेको सो योजनामा समेत पछिल्लो समय आधारभूत मूल्यभन्दा तल आइपुगेको छ ।

सोही बैंकको प्रवद्र्धनमा रहेको एनएमी सुलभ इन्भेस्टमेन्ट फण्ड एकको अवस्था भने सकारात्मक रहेको छ । 

प्रतिएकाइ तीन रुपैयाँ २५ पैसा नाफामा रहेको सो योजनाको बजार पूँजीकरण ९९ करोड ३७ लाख ५० हजार रहेको छ । सानिमा बैंकको प्रवद्र्धनमा रहेको सानिमा इक्विटी फण्ड पनि आधारभूत मूल्यभन्दा तल रहेको छ ।

प्रतिएकाइ मूल्य नौ रुपैयाँ २३ पैसा रहेको सो योजनाको बजार पूँजीकरण  एक अर्ब १९ करोड ९९ लाख रहेको छ । सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको दुई वटा योजनामध्ये एकको प्रतिएकाइ एक नाफामा छ भने अर्कोको घाटामा रहेको छ ।

सिद्धार्थ इक्विटी ओरियन्टेड स्किममा  एक नाफा देखिन्छ । सो योजनाको बजार पूँजीकरण एक अर्ब १० करोड रहेको छ ।त्यस्तैसिदार्थ इक्विटी फण्डको अवस्था कमजोर रहेको छ । प्रतिएकाइ नौ रुपैयाँ २३ पैसामा कारोवार भएको सो योजनाको बजार पूँजीकरण भने एक अर्ब ३८ करोड ४५ लाख रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?