छठ पर्वपछि पेट्रोलको मूल्य १२४ रुपैयाँ हुन्छ : सुशील भट्टराई

काठमाडौं । नेपाल आयाल निगमले आउँदै गरेको तिहार र छठ पर्वपछि मात्र पेट्रोलियन पदार्थको मूल्य बढाउने भएको छ । 

निगमले छठ पर्वसम्म पेट्रोलियन पदार्थको मूल्य नबढाउने जानकारी दिएको हो । नेपालीका ठूला चाडपर्वहरु दशैं, तिहार र छटलाई लक्षित गर्दै पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाइएको निगमले जनाएको छ । 

आयाल निगमले गत सेप्टेम्बर १७ मा पछिल्लो पटक मूल्य समायोजन गरेको थियो । प्रत्येक महिनाको १ र १६ तारिखमा इन्डियन आयल कर्पोरेसनले निकाल्ने मूल्य अनुसार निगमले उपभोक्ता मूल्य समायोजन गर्ने गरेको थियो ।

‘पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएपनि दशैँ, तिहार र छठलाई मध्यनजरमा राख्दै पेट्रोलियन पदार्थको मूल्यलाई स्थिर राखेका छौँ’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने । 

गत महिना गरेको मूल्य समायोजन यता पेट्रोल र डिजेलमा प्रतिलिटर ८ रुपैयाँ मूल्य वृद्धि भएको पनि उनले बताए । 

इन्डियन आयल कर्पोरेसनले हरेक महिनामा २ पटक निकाल्ने मूल्य  अनुसार समायोजन गर्दा अक्टोवर महिनाको बीचमा पेट्रोल र डिजेलमा प्रतिलिटर ९ रुपैयाँभन्दा बढी मूल्य वृद्धि हुने पनि उनले जानकारी दिए । 

छठ पर्व सकिए लगतै पेट्रोलको मूल्य १ सय २४ रुपैयाँ पुग्ने पनि भट्टराईले बताए ।  निगमले सेप्टेम्बर १७ मा तय गरेको मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ छ ।

मूल्य समायोजनमा पनि पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रतिलिटर २ रुपैयाँ ७२ पैसा नोक्सानी भइरहेको निगमले जनाएको छ । 

अक्टोबर १ र १६ मा आएको मूल्यसुची अनुसार डिजेल र पेट्रोलमा प्रतिलिटर ४-४ रुपैयाँ नोक्सानी भएको पनि निगमले जानकारी दिएको छ । 

यहि नोभेम्बरमा मूल्य बढेको सुची आएन भने पनि निगमले छठ पछि मूल्य समायोजन गर्दा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १ सय११ रुपैयाँ पुग्ने पनि निगमले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?