गठबन्धनले महोत्तरी-१ ‘क’ को विवाद टुंग्यायो

लोकपथ
221
Shares

महोत्तरी । सत्तारुढ गठबन्धन दलले महोत्तरीका विवादित क्षेत्रमा साझा उम्मेदवार टुंग्याएको छ ।

महोत्तरी-१ ‘क’ मा लोसपाका पिताम्बर महतो र एकीकृत समाजवादीका सुरेश राउतमध्ये पिताम्बर महतोलाइ वैधता प्रदान गरेको हो ।

गठबन्धनविरुद्ध नै उम्मेदवार परेपछि अन्योल सिर्जना भइरहेको बेला महोत्तरी-१ क को विवाद भने सावधान भएको छ ।

क्षेत्र न.२ क को अझै छलफल जारी रहेको गठबन्धन दलका नेताहरुले बताएका छन । क्षेत्र न.२ मा गठबन्धनभित्रैबाट लोसपाका जयनुल राइन र एकीकृत समाजवादीबाट मन्जु यादवको उम्मेदवारी परेको थियो ।

क्षेत्र न. क मा भने गठबन्धनका साझा उम्मेदवार लोसपाका पिताम्बर महतोलाई बनाएपछि असन्तुष्टि चुलिएको छ । ञभोलि बैठक बसेर मात्र निर्णयमा पुग्छौँ, लोसपाका नेता तथा उम्मेदवार सुरेश राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?