यु–१९ महिला फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं । ‘एएफसी’ यु–१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो चरणमा पुग्न सफल नेपाली खेलाडीहरु मंगलवार स्वदेश फर्किएको छ । 

थाईल्याण्डमा भएको खेलमा समुहको उपविजेता बन्दै अघिल्लो चरणमा पुगेको नेपाली महिला खेलाडीसहितको टोली मंगलवार विहान स्वदेश फर्किएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’ उपाध्यक्ष उपेन्द्रमान सिंह र केन्द्रिय सदस्य रुपेश अधिकारी लगायतले स्वागत गरेका थिए ।‘एएफसी’ यु–१९ फुटबलको समूह चरणको खेलमा नेपालले भारत र पाकिस्तानलाई हराउँदै उपविजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?