गठबन्धन निकट विद्यार्थी संगठनले बनाए निर्वाचन परिचालन साझा संयन्त्र

लोकपथ
104
Shares

काठमाडौं । सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले निर्वाचन परिचालन साझा संयन्त्र निर्माण गरेका छन् । शुक्रबार अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले संयुक्तरुपमा निर्वाचन परिचालन समितिको साझा संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन क्षेत्र संयुक्त विद्यार्थी संगठनले जिम्मेवारी विभाजन गरेको हो । सातवटै प्रदेशमा सम्बन्धित निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँग समन्वय गरी निर्वाचन प्रचारप्रारमा सहयोग गर्ने विद्यार्थी संगठनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संयुक्त विद्यार्थी संगठनका अध्यक्षहरू गठबन्धनका शीर्ष नेतृत्व र विद्यार्थी संगठनका पूर्व अध्यक्षहरूको निर्वाचन क्षेत्रको प्रचारप्रसारमा सहभागी बन्ने निर्णय पनि बैठकले गरेको छ ।

संयुक्त विद्यार्थी निर्वाचन परिचालनको निर्वाचन क्षेत्रीय स्तरको बैठक एकआपसमा आलोपालो अध्यक्षतामा बस्ने, सम्बन्धित निर्वाचन क्षेत्रमा मतदाता भएका संयुक्त विद्यार्थी संगठनका पदाधिकारीहरूसँग आवश्यक समन्वय गर्ने र गठबन्धनमा आवद्ध विद्यार्थी संगठनका विभिन्न निकायमा क्रियाशील सम्पूर्ण नेता कार्यकर्ताहरु एक हप्ता भित्रमा आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित बन्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?