आजम खानको विधानसभा सदस्यता खारेज

लोकपथ
35
Shares

भारत । समाजवादी पार्टीका वरिष्ठ नेता तथा रामपुरका विधायक आजम खानको विधानसभा सदस्यता खारेज गरिएको छ । सभामुखको कार्यालयबाट जारी विज्ञप्तिमा सो जानकारी दिइएको हो । सन् २०१९ लोकसभा चुनावको समयमा, आजम खानलाई घृणायुक्त भाषण सम्बन्धी मुद्दामा तीन वर्षको सजाय सुनाइएको थियो ।

उनलाई २ हजार रुपैयाँ जरिवाना समेत गरिएको छ । सजाय सुनाएको एक दिनपछि उनको सभासद सदस्यता खारेज भएको छ । सन् २०१३ मा सर्वोच्च अदालतले कुनै विधायक, व्यवस्थापिकाको सदस्य वा सांसदलाई फौजदारी मुद्दामा दुई वर्षभन्दा बढी जेल सजाय भएमा निजको सदनको सदस्यता तत्काल खारेज हुने फैसला गरेको थियो ।

आजम खानले २०१९ मा रामपुर लोकसभा सीट जितेका थिए तर २०२२ मा विधानसभा चुनाव जितेर सो सिट छोडेका थिए । सीतापुर जेलमा रहँदा नै आजम खानले रामपुर विधानसभा सिट जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?