कैलालीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

RSS
78
Shares

कैलाली । कैलालीमा बाल्टिमा भरिएको पानीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । गौरीगङ्गा नगरपालीका–२ मालीका टोलका नरिबहादुर ऐरको एक वर्षीया छोरा वीरेन्द्र ऐरको आफ्नै घरको पानीको धारामा खेल्ने क्रममा बाल्टिमा भरिएको पानीमा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

पानीमा डुबी घाइते भई बालकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पिकनिक खान गएका एक बालकको मछली नदीमा डुबेर मृत्यु भएको छ । धनगढीको सन्तोषी टोलका १६ वर्षीय आर्यन लामाको गोदावरी नगरपालिका–११ कोलमुडास्थित मछली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

लामालगायत ११–१२ जनाको टोली सोही ठाउँस्थित पिकनिक खान गएको र निज लामा उक्त नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भई डुबेर मृत्यु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?