मुस्लिम बहुल इन्डोनेसियामा किन लोकप्रिय छन् हिन्दू देवता गणेश ?

लोकपथ
959
Shares

काठमाडौं । इन्डोनेशियाको बाली टापूमा बसोबास गर्ने ९० प्रतिशत जनसंख्या हिन्दू भए पनि हिन्दूहरु इण्डोनेशियाभर छरिएका छन् । समग्र इण्डोनेशियामा हिन्दूको जनसंख्या दुई प्रतिशत छ । इन्डोनेसियाको समाज र संस्कृतिलाई हेरियो भने धेरै क्षेत्रमा इन्डोनेसियाको हिन्दू इतिहासको झलक देखिन्छ । इन्डोनेसियामा विगतमा धेरै हिन्दू राजवंशहरूले शासन गरेका छन् ।

सातौंदेखि १६ औं शताब्दीको बीचमा इन्डोनेसियामा शासन गर्ने अधिकाशं राजाहरु हिन्दू–बौद्ध थिए । तिनमा मजापहित साम्राज्य र श्री विजया साम्राज्य तिनीहरूमध्ये सबैभन्दा ठूलो थियो । त्यस अवधिमा इन्डोनेसियाली टापूहरु हिन्दू धर्म फैलिएको थियो । टापूमा हिन्दू धर्मसँगै संस्कृत भाषा पनि उलेख्य प्रयोग हुन्थ्यो ।

यस लामो इतिहासको छाप अहिलेको इन्डोनेसियामा पनि देखिन्छ । इन्डोनेसियाको राष्ट्रिय प्रतीक गरुड हो, जुन प्रत्यक्ष रूपमा हिन्दू पौराणिक ग्रंथहरूसँग सम्बन्धित छ । रामचरित मानसका अनुसार सीतालाई श्रीलंकाबाट फर्काउन गरुड पक्षीले रामलाई सहयोग गरेको थियो । इन्डोनेसियाली हवाई सेवा नाम पनि गरुडा एयरलाइन्स हो, जसको लोगोमा पौराणिक चरा गरुडको छवि पनि प्रयोग गरिएको छ ।

त्यस्तै इन्डोनेसियाको सबैभन्दा प्रतिष्ठित विश्वविद्यालयहरू मध्ये एक, बान्डुङ्ग इन्स्टिच्युट अफ टेक्नोलोजीमा गणेशको चित्र अंकित लोगो प्रयोग गरिन्छ । यससँगै इन्डोनेसियाको एक ठाउँमा सन् १९६१ देखि लगातार रामायण मञ्चन भइरहेको छ । हिन्दूसँगै अन्य धर्मका मानिसहरू पनि रामायणसँग जोडिएका पात्रहरू खेल्न लागेका छन्, यसका साथै इन्डोनेसियामा हिन्दू नाम पनि प्रचलित छ ।

जबकि इण्डोनेशिया २३ करोड मुस्लिम जनसंख्या भएको विश्वमा सबैभन्दा धेरै मुस्लिम भएको देश हो । २१ करोड मुस्लिम जनसंख्यासहित पाकिस्तान दोस्रो र भारत २० करोड मुस्लिम जनसंख्यासहित तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?