बबई नदीमा डुबेर एक जनाको मृत्यु

लोकपथ
65
Shares

दाङ । दाङको बबई नदीमा डुबेर एक जनाको ज्यान गएको छ । बबई नदी तर्ने क्रममा डुबेर तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ६० वर्षीय बुद्धिराम अधिकारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान भोजपुर स्कुलबाट डुरुवा जानका लागि बबई नदी तर्ने क्रमममा डुबेर अधिकारीको ज्यान गएको हो । मृतकको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?