छठपर्वको तयारी सुरू (फोटोफिचर)

लोकपथ
35
Shares

भैरहवा । हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटीकासँगै सकिएको छ । तिहारको समापनसँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठपर्व भैरहवा तथा आसपासका बासिन्दाले २ ठाँउमा विधिवत रुपमा मनाउँदै आएका छन् ।

५० वर्ष पहिलेदेखि नेपाली सेनाको काली भक्ती गणमा अवस्थित छठमाई पोखरीमा र भैरहवा उद्योगपुरी हनुमानमन्दिरमा स्थित पोखरीमा समेत केही वर्षदेखि छठको पूजा गरिँदै आएको छ । कार्तिक शुक्ल पक्षको चौथी तिथि आजको दिनबाट छठपर्व विधिवतरूपमा सुरु हुन्छ ।

पूजाका लागि छठ स्थलमा सरसफाई तथा सजावटका काम भइरहेका छन, वेदी बनाउने र ठाँउ सुरक्षित गर्न परिवारले पहिलै नै व्यवस्थापन गरिरहेका छन् । छठघाटको व्यवस्थापन र सजावटको काम तीब्र गतिमा भइरहेको छ ।

विगतका वर्षको भन्दा पनि यस वर्ष अझ आकर्षक रुपमा छठघाटलाई सजाउने काम भइरहेको छ । छठघाटको सरसफाइ, सजावट र व्यवस्थापनमा समिति लागेको छ । काम तीब्र गतिमा भइरहेको छ ।

तस्बिरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?