रौतहट–३ मा सत्ता गठबन्धनले प्रभु साहलाई साझा उम्मेदवार बनाउने

RSS
143
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचनमा पूर्वमन्त्री प्रभु साहलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका साहलाई सघाउने औपचारिक जानकारी दिएको हो ।

आइतबार साझा उम्मेदवारको सूची सार्वजनिक गर्दै सत्ता गठबन्धनले साहलाई समर्थन गर्ने निर्णय गरेको जनाएको छ । साह नेकपा विभाजनपछि माओवादी छाडेर एमालेतिर लागेका थिए ।

अहिले माओवादीकै उम्मेदवारलाई ब्याक गराइएर उनलाई समर्थन गरिएको हो । सोही निर्वाचन क्षेत्रको प्रदेश (क) मा नेकपा एकीकृत समाजवादीका नागेन्द्रराय यादव साझा उम्मेदवार रहेका छन् भने (ख) मा कांग्रेसका सुनिलकुमार यादव उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?