केवल यी तीन महिलाको फोन उठाउँछन् अक्षय कुमार

मुम्बई – कफी वीथ करणको सीजन ६ शुरु भइसकेको छ । यसको पहिलो एपिसोड टिभीमा आइसकेको छ । उक्त शो मा गेस्ट बनेर गएका थिए अक्षय कुमार । कार्यक्रममा उनले आफ्ना कैयन् व्यक्तिगत कुरा खुलाए ।

अक्षयले उक्त शोमा आफ्नो जीवनको अनुशासनलाई लिएर बनाएका नियमको बारेमा कुरा गरे । साथै उनले कुनै काम गर्दा आफूलाई पनि कुनै कारणले डिस्टर्व गर्न नदिने बताए । जरुरी फोन उठाउन परे उनले केवल तीन नम्बरबाट आएका फोन मात्र उठाउने बताए । ती तीन फोन महिलासँग जोडिएका छन् । उनले उठाउने तीन फोनमा आमाको फोन, श्रीमतीको फोन र आफ्नी म्यानेजरको फोन मात्र हुन्छ ।

साथै उक्त शोमा अक्षयलाई सोधियो, ट्वींकल (अक्षयकी पत्नी) का अलावा अरु को हट लाग्छ? अक्षयले तत्कालै दीपिका पादुकोणको नाम लिए । उनका सामुन्ने रणवीर सिंह भएकाले पनि शायद उनले यसो भनेको हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?