सामाजिक सञ्जालमा किन सीमित केकी?

काठमाडौं । अभिनेत्री केकी अधिकारीले पछिल्लोपटक बनाएको फिल्म ‘कोहलपुर एक्सप्रेस’ फ्लप भयो । हुन त फिल्म हिट भएको भन्दै केक समेत काटियो तर व्यापारिक रुपमा भने त्यति सफल बन्न सकेन यो फिल्म । बरु हिन्दी फिल्मबाट चोरिएको भनेर गाली गाइन् केकीले ।

त्यसपछि केकी कुनै पनि फिल्ममा देखिएकी छैनिन् । फिल्ममा त देखिएकी छैनिन् नै । उनी यतिबेला फिल्म क्षेत्रबाट टाढा भएजस्तै देखिएकी छिन् ।

पछिल्लो समय मीटु अभियानमा सक्रिय देखिएकी केकी सामाजिक सञ्जालमा पनि बढ्ता सक्रिय छिन् । सामाजिक सञ्जालमा अपडेटेड भएपनि फिल्म क्षेत्रका लागि चाहिँ उनी गुमनाम जस्तै किन भइन्?

कतिपयले अहिले केकीलाई सोध्न थालेका छन् – केकी जी, सोसियल साइटमा मात्र पोस्ट गर्ने कि, फिल्मतिर पनि देखिने?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?