इन्टर मिलान सिरी ‘ए’ फुटबलको दोस्रो स्थानमा उक्लियो

एजेन्सी । इन्टर मिलान जारी इटालियन लिग सिरी ‘ए’ फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उकिलएको छ । 

आफ्नो घरेलु मैदानमा भएको खेलमा लाजियो इन्टर मिलानसँग ३-० गोल अन्तरले पराजित भएको हो । खेलको २८ औँ मिनेटमा इन्टर मिलानका लागि इकार्डीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

एक पक्षिय रहेको खेलमा लाजियोको कमजोर डिफेन्सको फाइदा उठाउँदै मिलानका लागि ४१ औँ मिनेटमा ब्रोजोभिचले गोल गरे । खेलको पहिलो हाफसम्म २-० गोल अन्तरको अग्रता बनाए ।

खेलको दोस्रो हाफको शुरुवती समयदेखि नै दवावमा राखेको इन्टर मिलानका लागि ७० औँ मिनेटमा इकार्डीले व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे । निर्धारित समयसम्म लाजियोले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भर्ने सकेन र खेलमा ३-० को हार बेहोरेको हो । 

जितपछि इन्टर मिलानले १० खेलबा २२ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सको २८ अंक छ ।  २२ अंकका साथनेपोली तेस्रो स्थानमा छ । १८ अंक जोडेको लाजियो चौंथो स्थानमा छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?