नेपालमा थप २ हजार ७ सय २८ जनामा डेंगु संक्रमण

लोकपथ
39
Shares

काठमाडौं । नेपालमा थप २ हजार ७ सय २८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको पछिल्लो विवरणमा २ हजार ७ सय २८ जनामा डेंगु संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

योसँगै साउन महिना यता देशभरमा ४६ हजार ४ सय १३ जना डेंगुमा संक्रमण भएको हो । उक्त समयमा ५२ जनाको मृत्यु भएको छ । मन्त्रालयको पछिल्लो तथ्यांकमा डेंगुबाट कसैलेपनि नगुमाएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?