म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो ‘तस्वीर सहित’

एजेन्सी । म्यान्चेस्टर सिटी जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।

वेम्वलीमा सोमवार राति सम्पन्न भएको १० र्औँ चरणको खेलमा टोट्नह्यामलाई १-० गोल अन्तरले पराजित गर्दै सिटी पुनः लिगको शिर्ष स्थानमा उक्लिएको हो । म्यान्चेस्टर सिटीका लागि खेलको छैंटो मिनेटमा रियाद महरेजले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको सिटीले दोस्रो हाफमा केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन ।

जितपछि म्यान्चेस्टर सिटी २६ अंकका साथ लिगको शिर्ष स्थानमा छ । त्यस्तै समान २६ अंक नै बनाएको लिभरपुल दोस्रो स्थानमा छ । २४ अंकका साथ चेल्सी लिगको तेस्रो स्थानमा छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?