महोत्तरी भंगाहा झडप : संलग्न समुदाय र प्रशासनबीच सहमति (पत्रसहित)

लोकपथ
49
Shares

महोत्तरी। महोत्तरीको भंगाहामा बिहीबार भएको झडपमा संलग्न समुदाय र प्रशासनबीच सहमति भएको छ । जिल्लाको भंगाहा नगरपालिका वडा नं ८ पररियामा भएको झडपका विषयमा सहमतिका लागि शुक्रबार प्रशासन र झडपमा संलग्न समुदाय बैठक बसेको थियो ।

बैठकले दुवै पक्षबीच सहमति गरि सामाजिक सद्भाव कायम गर्ने, झडपमा भएको क्षती आंकलन गरी क्षतिपूर्तिको व्यवस्थाका लागि पहल गर्ने, घाइतेहरुको उपचारका लागि गृह मन्त्रालयलसँग समन्वय गर्ने लगायतका सहमति भएको छ ।

बिहीबार पररियामा हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा दुई पक्षबीच झडप भएको थियो ।

झडपमा १५ जनाभन्दा धेरै घाइते भएपछि बिहीबार ४ बजेदेखि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि ८ बुँदे सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?