सिडियो र एसपीको गाडीमा ढुंगा बर्सियो

रौतहट, १ कात्तिक– आफ्ना मान्छेलाई मात्रै स्थानीय तहका अधिकारीहरुले बाढी तथा डुबान पीडितको सूचिमा राखि राहत वितरण गरेको भन्दै देबाही बोनाही नगरपालिकाका प्रभावित आक्रोशित भएका छन् । आक्रोशित पीडितले रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको गाडीमा तोडफोड समेत गरेको छ ।देबाही बोनाही नगरपालिकाका कार्यकारी अधिकृत मनोज झाले नगर कार्यलयमा २१८ वाढीपीडितलाई सम्बन्धित वडाका सचिवको सिफारिशमा राहत वितरण गर्नै लाग्दा आक्रोशित स्थानीय तोडफोडमा उत्रिएका हुन् ।पीडितहरुले सचिवले आफ्ना मान्छेलाई मात्रै सिफारिश गरेका तथा वास्तविक पीडितलाई छुटाएको भन्दै विहानैदेखि नगरपालिकाको कार्यालय घेराउ गरेका थिए ।उत्पन्न तनावलाई मिलाउने प्रयासस्वरुप त्यहाँ पुगेका प्रजिअ उद्धव बहादुर थापा र नेपाल प्रहरीका एसपी यज्ञ विनोद पोखरेल तथा सशस्त्रका एसपी प्रमराज पोखरेलको गाडीमा पीडितले ढुंगा प्रहार गरेका हुन् । उनीहरुको पार्किङ गरेर राखिएको गाडीमा पीडितले ढुंगा प्रहार गर्दै तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीका सिसाहरु फुटेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?