ओली ४ दिनसम्म झापाको कार्यक्रममा, १४ गते फर्कने

लोकपथ
13
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन ।

जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानीय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ । आजै अध्यक्ष ओलीले आजै क्षेत्र नम्बर ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरीअध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमक स्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् । उता, १४ कात्तिक बिहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?