रियल मड्रिडले प्रशिक्षक बर्खास्त

काठमाडौं । रियल मड्रिडले प्रशिक्षक जुलेन लुपेटेगुई बर्खास्त भएका छन् ।

उनलाई अनुबन्धन भएको करिब ४ महिनामै बर्खास्त गरेको छ । जिनेदिन जिदानले प्रशिक्षकबाट राजिनामा दिएपछि उनको स्थानमा स्पेनिस क्लब रियलले लुपेटेगुईलाई नियुक्त गरेको थियो । तर पछिल्लो समयमा रियल मड्रिडले एकपछि अर्को खेलमा हार ब्यहोरेपछि उनलाई बर्खास्त गरिएको हो ।

रियलले स्पेनिस ला लिगामा पछिल्लो समयमा खेलेको ५ खेलमध्ये ४ खेल हारेको छ । भने एक खेलमा बराबरी खेलेको छ । स्पेनिस ला लिगामा शनिबार बार्सिलोनासँग रियल मड्रिड ५–१ गोलको भारी अन्तरले पराजित भएको थियो ।

अहिले रियल लिगमा नवौं स्थानमा रहेको छ । १० खेलबाट उसको १४ अंक मात्रै भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?