२१ माघ २०७९, शनिवार

एमाले नेता यादव एकीकृत समाजवादी पार्टीमा प्रवेश

२०७९,कार्तिक,१०,बिहीवार २१:२३

126
Shares

बारा । संविधानसभा सदस्य तथा नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य जयप्रकाश यादवलगायतका नेताहरु नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गरेका छन् ।

शुभ दिपावली तथा छठ पर्वको अवसरमा बाराको परवानीपुरमा आज आयोजित शुभकामना आदान प्रदान एंव पार्टी प्रवेश कार्यक्रममा यादवकोे नेतृत्वमा पूर्वजिल्ला विकास समिति अध्यक्ष रामविलास चौरासिया, जिल्ला कमिटी सदस्यहरु कृष्ण यादव, हसमुुदिन अन्सारी, मुकेश महतो, शुरेश महतो,किशुुन यादव, नेकमहमद् अन्सारी नागेन्द्र यादव, महमद् रफिद,राम प्रवेश, राजेश्वर यादवलगायत एमाले पार्टी परित्याग गरेर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेको नेकपा समाजवादीका मधेशप्रदेश कमिटी सदस्य विरेन्द्रप्रसाद साहले जानकारीदिए ।

उनीहरुलाई अध्यक्ष माधवकुमार नेपाल र पूर्व श्रममन्त्री तथा बारा ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार किसान श्रेष्ठले टीका लगाएर एमालेका नेता कार्यकर्तालाई नेकपा एसमा पार्टी प्रवेश गराएका थिए ।

प्रकाशित मिति: २०७९,कार्तिक,१०,बिहीवार २१:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जापानका प्रधानमन्त्रीले यौनिक अल्पसंख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले

बारा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताएकाछन् । बाराको कलैयामा आज

भैरहवा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रदेशको समृद्धि र सामर्थ्यता बृहत्तर लुम्बिनीको विकाससँग जोडिएको बताएका छन् । भैरहवामा

काठमाडौं । बलात्कारको अभियोग लागेको क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै विरोध प्रदर्शन भएको छ । शनिबार दिउँसो माईतीघर

ताजा समाचार