चाडपर्वमा रहेका कमजोर पक्षहरुलाई हटाउनुपर्छ : अध्यक्ष ओली

लोकपथ
26
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाईटीका लगाएका छन् । बिहीवार भाईटीकाको अवसरमा शुभ साईतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोईराला र विष्णुकुमारी पौडेलको हातभाटा भाईटीका लगाएका हुन् ।

ओलीले बालकोटामा भाईटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाईटीका ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाइदिएका थिए ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाई तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवम् दीर्घायुको कामना गर्ने गरिन्छ । टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाईटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए।

उनले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए। उनले हजारौँ वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासहरुलाई सबै नेपालीहरुले संरक्षित गर्नु र संवद्धर्न गर्नु अहिलेको आवश्यक्ता भएको बताए । उनले आजको समय किंवदन्तीको नभइ, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरुलाई हटाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले नेपाली चाडपर्वहरु महत्वपूर्ण र विशेषताहरुले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?