१६ मङ्सिर २०८०, शनिवार

तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न हामी सरकारमा गएका हौं : मन्त्री गिरी

२०७४,कार्तिक,१,बुधबार ०९:५३

0
Shares

काठमाडौं, १ कार्तिक । नवनियुक्त सहरी विकासमन्त्री दिलनाथ गिरीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुने स्पष्ट पारेका छन् । उनले भने,‘चुनाव सर्दैछ भनेर हल्ला फिँजाईएको छ, तर म विश्वस्त दिलाउँछु कि तोकिएकै मितिमा चुनाव हुन्छ, कसैले शंका गर्नुहुँदैन, चुनावको सुनिश्चितताको लागि नै हामी सरकारमा सहभागी भएका हौं।’बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री गिरीले तोकिएकै मितिमा चुनाव सम्पन्न गराउनको लागि नै आफ्नो पार्टी सरकारमा सहभागी भएको जिकिर गरेका हुन् । उनले थपे,‘चुनाव हुन्छ, सरकार यसको लागि पुरै प्रयत्नशिल छ, सरकार त्यसैको लागि बनेको हो, हाम्रो मुख्य दायित्व भनेकै समयमै बाँकी निर्वाचन सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन गर्नु हो।’साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारले चुनाव सार्न खोज्यो भनेर आएका अभिव्यक्तिहरुमा कुनै सत्यता नभएको स्पष्ट पारे । उनले अघि भने,‘विभिन्न बहाना बनाएर अतिरञ्जित ढंगबाट चुनावी वातावरण बिगार्ने कोशिश हुँदैछ, आँफै के–के गर्ने अनि आँफै फेरि तर्सिने काम गर्नुहुँदैन्, चुनाव तोकिएकै मितिमा हुन्छ।’

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०९:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३