कौडा खेलिरहेको अवस्थामा ८ जना पक्राउ

लोकपथ
143
Shares

काठमाडौं । कौडा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । काठमाडौंको तारकेश्वर नगरपालिका पैयौटारस्थित भिम बाबु केसीको घरमा कौडा खेलिरहेको अवस्थामा बुधबार राति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

उनीहरुको साथबाट १६ थान कौडा र दुई लाख ८६ हजार ८ सय नगद रुपैयाँ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुमा प्रहरी वृत बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?