पुटिनद्वारा परमाणु सैन्य अभ्यासको निरीक्षण

लोकपथ
91
Shares

काठमाडौं । युक्रेनमा भएको आक्रमणपछि पहिलो पटक रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी रणनीतिक आणविक बलको वार्षिक अभ्यासको निरीक्षण गरेका छन् । क्रेमलिनले ब्यालिस्टिक र क्रूज मिसाइलहरू सुदूर पूर्व र आर्कटिकमा प्रक्षेपण गरिएको बताएको छ । न्यू स्टार्ट आर्म ट्रीटी अन्तर्गत अमेरिकालाई यो अभ्यासबारे जानकारी दिइएको थियो ।

यी प्रक्षेपणहरू यस्तो समयमा गरिएका छन् जब रुसले युक्रेनमाथि ‘डर्टी बम’ प्रयोग गरेको आरोप लगाएको छ । डर्टी बम यस्तो हतियार हो, जसमा परम्परागत विस्फोटकहरू बाहेक रेडियोधर्मी पदार्थहरू समावेश हुन्छन् । युक्रेन सरकारले यी आरोपहरूलाई अस्वीकार गरेको छ । फ्रान्स, बेलायत र अमेरिकाले पनि रुसको दाबीलाई अस्वीकार गरेका छन् ।

युक्रेनले भने रुसको दाबीले उसले यस्तो आक्रमणको तयारी गरिरहेको सङ्केत दिएको आरोप लगाएको छ । युक्रेनमा आक्रमण हुनुभन्दा पाँच दिनअघि रुसले पछिल्लो परमाणु अभ्यास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?