‘पत्रकार खाशोगीको शव अझै भेटिएन’

इस्तावबुल- हत्या गरिएका साउदी अरबका पत्रकार जमाल खशोग्गीको शव अहिले सम्म नभेटिएको टर्कीका विदेश मन्त्रीले बताएका छन् ।
विदेशमन्त्री मेभलुट काभुसोग्लुले सोमबार पत्रकारहरूलाई उनको शव अहिले सम्म नभेटिएको जानकारी दिएका हुन् ।
साउदी अरबका मुख्य अभियोजनकर्ता शेख साउद अल माजेबले इस्तानबुलमा टर्कीका मुख्य अभियोजनकर्ता इर्फान फिडानलाई भेटेको पनि उनले बताए  ।
पत्रकार खशोग्गीको हत्याबारे दुई जनाको भेटवार्ताका क्रममा भएका सूचना आदान प्रदान उपलब्धीमुलक भएको उनको भनाई छ ।
उनीहरुबीच एक घण्टा १५ मिनेट छलफल भएको समाचारमा जनाइएको छ । आगामी दिनमा अनुसन्धानलाई कसरी अगाडी बढाउने भन्ने बारेमा पनि उनीहरुले छलफल गरेकाे बताइएको छ ।
पत्रकार खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि भने साउदी अरबमा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले यसअघि नै बताएका थिए ।
अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?