काठमाडौं क्षेत्र नं.२ मा राप्रपाको झण्डा गाडेरै छाड्छौँ : पोख्रेल

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं.२ मा राप्रपाको झन्डा गाडेरै छाड्ने दाबी गरेकी छन् । बुधबार बानेश्वरमा आयोजित दीपावलीको शुभकामना आनप्रदान तथा देउसीभैलो कार्यक्रमा उनले यस्तो बताएकी हुन् ।

पोख्रेल आगामी मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी छन् । उनले हिन्दूहरुको धर्म, संस्कार, संस्कृति, रीतिरिवाजको रक्षाको लागि आयोजित देउसीभैलो कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?